पोखराको मुख्य न्यायाधीशबाट अवकाश पाएका पूर्वन्यायाधीशको कोरोना संक्रमणका कारण मृत्यु

पोखराको मुख्य न्यायाधीशबाट अवकाश पाएका पूर्वन्यायाधीशको कोरोना संक्रमणका कारण मृत्यु

death-by-corona

सांकेतिक तस्विर

काठमाण्डौ –  नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

पछिल्लो २४ घण्टामा संक्रमणकै कारण ११ जनाले ज्यान गुमाएका छन्  । जसमा, मृतक चार वर्षीया बालिका सहित १० जना पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पुष्टि गरे ।

मंगलबार मृत्यु भएका संक्रमित मध्ये एक जना पूर्वन्यायाधीश समेत छन् । तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट अवकाश भएका पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको संक्रमणकै कारण मृत्यु भएको हो ।

७० वर्षीय पूर्वन्यायाधीश चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

चालिसे ५ दिनदेखि गंगालालमा उपचाररत थिए । उपचारकै क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ