अविरल बर्षाका कारण फार्मको पर्खाल भत्किंदा पोखरामा ८ सय कुखुरा मरे

अविरल बर्षाका कारण फार्मको पर्खाल भत्किंदा पोखरामा ८ सय कुखुरा मरे

kukhura

पोखरा – अविरल बर्षाका कारण फार्मको पर्खाल भत्किंदा पोखरामा अन्दाजी ८ सय वटा कुखुरा मरेका छन्।

पोखरा महानगरपालिका वडा नं -२४ काउलेस्थित लक्ष्मी थापाको टिनले छाएको फार्मको आधा पर्खाल सोमबार राती ९ :३० बजेको समयमा भत्किंदा फार्ममा रहेका १००० कुखुरा मध्ये ८ सय कुखुरा मरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फार्ममा पूर्ण रुपमा क्षती पुगेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds