ठूलो मात्रामा लागूऔषध गाँजा सहित संजोक र शिलास पोखरामा पक्राउ

ठूलो मात्रामा लागूऔषध गाँजा सहित संजोक र शिलास पोखरामा पक्राउ

sanjok silash

पोखरा । ठूलो मात्रामा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेहरुमा संजोक बिक र शिलास बिक रहेका छन् । उनीहरुलाई पोखरा ३३ भरतपोखरीबाट आइतबार राति साढे १० बजेको समयमा पक्राउ गरिएको हो ।

तनहुँ शुक्लागण्डी १२ घर भई हाल पोखरा १७ बिरौटा बस्दै आएका संजोक पेशाले ड्राइभर हुन् । यस्तै, पोखरा १७ बिरौटाका शिलास बि.क सटिङको काम गर्दै आएका थिए ।

उनीहरुले चढेको ग ९ प ६०२८ नं.को पल्सर मोटरसाइकल चेकजाँच गर्ने क्रममा ६ किलो १ सय ग्राम गाँजा र तौलने मेसिन नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ