पोखरा – पोखरामा पार्किङ गरी राखेका ट्रकको ब्याट्री चोरेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका वडा नं -१४ खसी बजारस्थित पार्किङ गरी राखिएका चारवटा ट्रकको ५ वटा ब्याट्री चोरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ५ जनालाई पक्राउ गरेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका ८ घर भइ हाल पोखरा -१४ हवेलीमार्ग बस्ने वर्ष २४ का कमल पुन, दाङ जिल्ला नारायणपुर १० घर भइ हाल पोखरा १४ हवेलीमार्ग बस्ने वर्ष १९ का विनोद भनिने अजय चौधरी, धादिङ जिल्ला सिद्धलेख गाउँपालिका ३ सारंघाट घर भइ हाल पोखरा १४ काजिपोखरी बस्ने वर्ष २५ का पूर्ण बहादुर माझी र भारतको बिहार घर भइ हाल पोखरा १० बिरेन्द्रचोक बस्ने कवाडीका साहु वर्ष ४२ का दिनेश शाह र विनोद प्रसाद जैसवाल रहेका छन् ।
पक्राउ परेका उनीहरु बिरुद्ध चोरी कसुरमा मुद्धा दर्ता गरी जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी आवश्यक कानुनि प्रकृया अगाडी बढाईएको हमालले जानकारी दिए।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ