कास्की प्रहरीद्वारा सरकारी दस्तखत किर्ते मुद्धाका तीन फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीद्वारा सरकारी दस्तखत किर्ते मुद्धाका तीन फरार प्रतिवादी पक्राउ

पोखरा – सरकारी छाप किर्ते मुद्धाका तीन फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत जिल्ला मोदी गाउँपालिका ६ तिलाहार घर भइ हाल पोखरा -१४ चाउथेमा व्यापार व्यवासय गरी बस्ने वर्ष ३७ का निर्दोष गिरी, पोखरा -३३ लामगादी घर भइ एक कन्ट्रक्सन कम्पनीको सुपरभाईजरमा  कार्यरत वर्ष २४ का ऋषिराम गिरी र पोखरा -२ हरिचोक बस्ने पेशाले सवारी चालक वर्ष २२ का असिम भण्डारी रहेका छन् । उनीहरुलाई पोखराको चाउथे, विजयपुर र हरिचोकबाट शनिबार पक्राउ गरेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

कास्की जिल्ला अदालतको फैसलाले १०७५ सालको बैशाख २ गते सरकारी छाप दस्तखत किर्ते मुद्धामा १ वर्षको सजाय तोकेकोमा पश्चात फरार रहेकोमा बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत पेश गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds