पोखरा । नेपाल युवा परिषद गण्डकी प्रदेशको आयोजनमा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा सम्पन्न भएको छ ।
सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट १८० भन्दाबढी युवा-युवतीहरु सहभागी रहेका थिए । असल शासन (गुड गर्भनेन्स) विषयमा विशेष कार्यक्षेत्र बनाई सम्मेलन आयोजना भएको छ ।
सम्मेलनको समापन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङ रहेकी थिइन् । सो अवसरमा प्रमुख अतिथि गुरुङले युवा विकासको मेरुदण्ड भएको बताईन ।
युवालाई सक्षम बनाउन क्षमता र सीप सिकाउनुपर्ने बताईन । विदेशबाट फर्किएका र कोभिड १९ का कारण रोजगारी गुमाएकालाई कृषि र पशुपालन लगाएतमा अनुदान दिने योजना अनुसार बजेट समेत छुट्टाईएको उपप्रमुख गुरुङले बताईन ।
सम्मेलनमा नेपाल युवा परिषद गण्डकी प्रदेशले ४ बुदे घोषणापत्र समेत जारी गरेको छ ।
निर्वाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिवर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य विषयमा छलफल गरी सम्मेलन सम्पन्न भएको नेपाल युवा परिषद गण्डकीले जनाएको छ ।
प्रदेश युवा सम्मेलन (भदौ १२ र १३ गते)शुक्रबार र शनिबारसम्म भर्चुअल रुपमा संचालन भएको थियो । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस वर्षको प्रदेश युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएको नेपाल युवा परिषद गण्डकीकी संयोजक मोनिका रानाभाटले बताईन ।
सम्मेलनमा १४ जना बहिरा युवाहरु समेत सहभागी भएका थिए ।
सम्मेलनको पहिलो दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा सँग मुख्यमन्त्री कार्यक्रममा बोलेका थिए । सो अवसरमा मुख्यमन्त्री गुरुङले युवा उद्धमशिल बन्नुपर्ने बताए ।
कुनैपनि लक्ष्य प्राप्तिका लागि निरन्तर धैर्यताका साथ इमान्दार र निस्वार्थ रुपमा लाग्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए ।
‘म पनि ६ पटक चुनाव लडेको मान्छे हुँ तर २ पटक मात्रै जितेको छु ।’ मुख्यमन्त्री गुरुङले भने ‘मैलेपनि १,२ पटक मै चुनाब लड्न छोडेको भए आज यो स्थानमा हुने थिइन । मुख्यमन्त्रि गुरुङले भने ‘जस्तो सुकै कठिन परिस्थिति आएतापनि आफ्नो लक्ष्य प्राप्तिमा युवा निरन्तर धैर्यताका अघि बढ्नुपर्छ ।’
गण्डकी प्रदेश सरकारले युवालाई सीप सिकाउन बजेट छुटाएको र ५० हजार युवालाई स्वरोजगार बनाउने योजना रहेको मुख्यमन्त्री गुरुङले बताए ।
राजनीतिमा राम्रो मान्छे नआउदा फोहोरी खेल देखिएको मुख्यमन्त्री गुरुङले बताए । ‘अब शिक्षित र विज्ञ युवा जमात राजनीतिमा आउनुपर्छ ।’ मुख्यमन्त्री गुरुङले भने ‘युवा कुनै पेशा, व्यवसाय गरेर मात्रै राजनीतिमा आउनुपर्छ ।’ उनले अगाडि भने ‘ नराम्रो नियतमा मानिसहरु राजनीतिमा आएकाले अहिले राजनीति फोहोर बनेको छ ।’
राजनीतिले आजकाल आपराधीलाई छाहारी दिदाँ पिडीतले न्याय पाउन समेत नसकेको मुख्यमन्त्री गुरुङले बताए ।
त्यस्तै धौलागिरी गाउँपालिकाकी अध्यक्ष थम्सरा पुनले असल शासनमा स्थानिय जनप्रतिनिधिको भूमिका विषयमा बोलेकी थिइन् । सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बाट दिगो पर्यटनबाट रोजगारी सिर्जना विषयमा बताएका थिए ।
यस्तै निर्वाचन आयोग नेपालका उपसचिव कोमल प्रसाद धमलाले असल शासनमा युवाको विषयमा बोलेका थिए ।
सम्मेलनको दोश्रो दिन नेपाल युवा परिषदका संस्थापक केन्द्रिय अध्यक्ष सरोज बानियाँले नेपाल युवा परिषदको यात्रा चिया पसलदेखि नेपालका ७७ वटै जिल्लामा शिर्षकमा बोलेका थिए ।
त्यस्तै सम्मेलनमा लैङ्गिक समानता महिलाको मात्रै विषय होइन भन्ने शिर्षकमा महिला अधिकारकर्मी एवं अधिवक्ता कुन्जनी परियार प्यासी, तेस्रोलिङ्गिको अधिकारीकर्मी भूमिका श्रेष्ठ र गौरी प्रधान लगाएतले छलफल गर्नुभएको थियो । जसको सहजीकरण संचारकर्मी बलराम तिमिल्सिनाले गरेका थिए ।
यस्तै शुशासनमा युवाको भूमिका विषयमा गोगो फाउन्डेसनका कार्यकारी निर्देशक खड्काले बोलेका थिए । त्यस्तै म्याग्दी जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरले असल शासनमा सरकारी कर्मचारीको भूमिकाको विषयमा बोलेकी थिइन् ।
नेपालको कुल जनसंख्याको करिव ४१ प्रतिशत हिस्सा ओगटेको युवा जमातले नेतृत्वदायी भुमिकामा आउन वा ल्याउन आवश्यक देखिन्छ तबमात्र नेपालमा परिवर्तन आउछ भन्ने विश्वास आयोजकले लिएको छ ।
केहिसमय अघि मात्रै नेपाल युवा परिषदले राष्ट्रिय युवा सम्मेलन २०२० नेपालभरका युवाको भर्चुअल उपस्थितिमा जुम मार्फत सम्पन्न गरिसकेको छ । त्यस्तै केहि प्रदेशमा प्रदेश युवा सम्मेलन सम्पन्न भईसकेको छ भने केहिमा हुँदैछ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम