पोखरा – कास्की प्रहरीले चोरी गर्ने दुई जनालाई सामान सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा -१२ बस्ने वर्ष २३ का सन्तोष लामिछाने र वर्ष २० की रोशनी थापा मगर ‘लामिछाने’ रहेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । उनीहरु श्रीमान श्रीमती हुन् ।
हमालका अनुसार उनीहरुले गत भाद्र १० गते रातको समयमा पोखरा महानगरपालिका -१३ गौंडाकोमुख स्थित जयगङ्गामार्ग घर भइ हाल अष्ट्रेलिया बस्दै आएका ठाकुर प्रसाद पोखरेलको दुईतल्ले घरको चावी फोडेर घरभित्र रहेका ४२ इन्चको एलजी स्मार्ट टिभी १ थान, क्यानन क्यामारा १ थान, मोवाइल १ थान सहित कुकर, भाडावर्तन, लत्ताकपडा समेत गरी अन्दाजी एक लाख पन्चानब्बे हजार पांच सय पचास बराबरको सामान चोरी गरेका थिए ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले चोरी गरेका सामान सहित गत भाद्र ११ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका मुद्दा कसुरमा मुद्धा दर्ता गरी कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
गण्डकी प्रदेशमा पनि ६९ औं प्रहरी दिवस मनाइयो
पोखरामा विद्युतीय तार भूमिगत गर्ने कामले गति लिन सकेन
डेंगु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना