तपाईंलाई तत्काल प्रहरीको सहयोग चाहियो ? अब तपाईंले आफ्नो मोबाइलबाटै घटना विवरण, आँखा अगाडि देखिएका तस्विरसहित प्रहरीलाई सूचना दिन सक्नुहुनेछ ।
प्रहरी प्रधान कार्यालयले प्रहरीको काम कारवाहीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले ‘पाइलट प्रोजेक्ट’का रुपमा ‘नेपाल पुलिस मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । ‘नेपाल पुलिस मोबाइल एप’ तीन जिल्लाबाट एकसाथ बिहीबार सार्वजनिक गरिएको हो । गण्डकी प्रदेशमा पहिलोपटक कास्कीमा लञ्च गरिएको छ । कास्कीसँगै मोरङ र ललितपुर जिल्लामा एप सञ्चालन हुनेछ । जिल्ला प्रहरी कर्यालय कास्कीले आज ‘भिडियो कन्फ्रेन्स’ मार्फत पत्रकार सम्मेलन गरी एप लञ्च गरेको छ ।
समुदायमा घट्ने आपराधिक क्रियाकलाप, घटना तथा सूचनालाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधीलाई तत्काल नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले विकास गरेको सो एपले सघाउने विश्वास सहित सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सूचनाको माध्यमका रुपमा एप गण्डकी प्रदेशमै पहिलो पटक शुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।
‘यो तुरुन्त रेस्पोन्सका लागि प्रभावकारी हुनेछ,’ एसपी श्रेष्ठले भने, ‘कुनै पनि घटना भयो भने त्यहाँको अडियो, फोटो, भिडिओ र त्यससम्बन्धी विवरण लेखी एपबाटै प्रहरीकहाँ सूचना दिन सकिन्छ ।’
नागरिक स्तरबाट प्राप्त हुने सूचनाको श्रोत गोप्य रहने उनको भनाई छ । प्रहरी प्रधान कार्यालयबाटै समेत हेर्न र नियन्त्रण गर्न सकिने उनले जनाए । यसका लागि प्रविधिमा पोख्त टोली खटाइएको पनि श्रेष्ठले जानकारी दिए ।
सर्वसाधारणले घटनाका बारेमा आफू रहेकै स्थानबाट प्रहरीलाई जानकारी गराउन सक्ने र प्रहरी कार्यालयसम्म आउनुपर्ने बाध्यता नहुने भएकाले समयको समेत बचत हुनेछ ।
घरेलु हिंसा, लुटपाट चोरी, ज्यानसम्बन्धी, सवारी दुर्घटना, ठगी, यौनजन्य अपराध, लागुऔषध, मानिस हराएको, हातहतियार तथा विष्फोटक पदार्थ सम्बन्धी जानकारीका बारेमा प्रहरीलाई सो माध्यबाट रिर्पोटिङ गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यसैगरी नजिकको प्रहरी कार्यालयका सम्पर्क नम्वर, प्रहरी सन्देश तथा समाचार, आपत्कालिन सम्पर्क नम्बर एप्समा समावेश गरिएको छ ।
आइटी विभाग हेर्ने प्रहरी निरीक्षक गजेन्द्र आचार्यले एप प्रयोग विधिबारे जानकारी गराएका थिए । एप एन्ड्रोइड र आइओएस दुबै भर्सनमा उपलब्ध रहेको उनले बताए । गुगल प्लेस्टोरबाट सो एप डाउनलोड गरी सञ्चालन गर्न सकिनेछ ।
एप इन्स्टलका लागि यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबर
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु