तनहुँ ऋषिङको गैराथोकबाट बहुविवाह मुद्दाका फरार रानासहित कान्छी श्रीमती २ वर्षपछी पक्राउ

तनहुँ ऋषिङको गैराथोकबाट बहुविवाह मुद्दाका फरार रानासहित कान्छी श्रीमती २ वर्षपछी पक्राउ

Bihe bahu

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बहुविवाह मुद्दामा फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका-२ गैराथोकका ३३ वर्षीय विनोद भन्ने धनबहादुर राना र ३६ वर्षीया नमुना राना ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ परेकी नमुना धनबहादुरको कान्छी श्रीमती हुन् । उनीहरुलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनिहरु विरुद्ध जिल्ला अदालत तनहुँले विसं २०७५ असार २६ गते जनही एक वर्ष कैद र रु दश हजार जरीवानाको फैसला सुनाएको थियो ।

उक्त फैसला उपर जनही ११ महिना ५ दिन कैद र जनही रु दश हजार जरीवाना भुक्तान गर्न बाँकी रहेकाले निजहरुलाई अदालत पेश गरिएकोमा अदालतको आदेश बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरीवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी भएकालाई धमाधम पक्राउ गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds