कोरोना संक्रमणका कारण पोखराकी ३२ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणका कारण पोखराकी ३२ वर्षीया महिलाको मृत्यु

Pokhara 11

तस्वीरः अर्जुन बास्तोला

पोखरा – कोरोना संक्रमणका कारण पोखरामा थप एक महिलाको मृत्यु भएको छ  । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत भाद्र ७ गते कोरोना पोजेटिभ पुष्टि भइ अस्पतालको आइसीयुमा भर्ना भएकी पोखरा महानगरपालिका वडा नं -११ निवासी ३२ वर्षीया महिलाको आज विहान ८ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे  । यद्यपी, महिला पोखरा १२ निवासी रहेको खुल्न आएको छ ।

कोरोना संक्रमणका कारण प्रतिष्ठानमा मृत्यु हुने उनी पाँचौ संक्रमित हुन् भने, पोखरा महानगरकी तेस्रो संक्रमित हुन् । यसअघी पोखरा -१६ का ८७ वर्षीय वृद्ध र पोखरा – १९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ