सरकारले भन्योः संक्रमितलाई १० औं दिनमा परिक्षण गर, पोजिटिभ आए बढीमा ४ दिन राख र नजाँची घर पठाइदेउ

सरकारले भन्योः संक्रमितलाई १० औं दिनमा परिक्षण गर, पोजिटिभ आए बढीमा ४ दिन राख र नजाँची घर पठाइदेउ

health swasthya

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को लक्षण नभएको र सामान्य अवस्थाका बिरामीलाई १० दिनमा पिसिआर गरी डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिएको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।  मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै कोभिड–१९ अस्पताललाई पत्र लेख्दै कोभिड–१९ का लक्षण नभएका र सामान्य अवस्थाका संक्रमितलाई पिसिआर परीक्षण गरी बढीमा १४ दिनभित्र घर पठाउन निर्देशन दिएको  गौतमले जानकारी दिए ।

उनले भने, ‘यही १० दिनमा संक्रमण पुनः देखिएमा १४ दिनभित्र पिसिआर परीक्षण नगरिकन डिस्चार्ज गर्न प्रदेश मन्त्रालयलाई र सबै कोभिड–१९ अस्पतालाई निर्देशन पुनः दिइएको छ ।’

मन्त्रालयले १४ दिनभन्दा बढी लक्षण नभएका र सामान्य अवस्थाका संक्रमितका बिरामीलाई अस्पतालमा नराख्न निर्देशन दिइएको हो । मन्त्रालयका प्रवक्ता डा. गौतमले १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना नगर्नेसमेत जानकारी दिएका छन् ।

नेपालमा अहिलेसम्म ३४ हजार ४ सय १८ जना संक्रमित फेला परेकोमा १४ हजार ७ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् भने १९ हजार ५ सय ४ जना निको भएर घर फर्किसकेका र १ सय ७५ जनाको संक्रमणको कारणले निधन भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ