नवलपुरको गैंडाकोटबाट अवैध लागु औषध सहित २ युवक पक्राउ

नवलपुरको गैंडाकोटबाट अवैध लागु औषध सहित २ युवक पक्राउ

नवलपुर –  अवैध लागु औषध सहित गैंडाकोट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिकबाट नियन्त्रित लागु औषध नुर्फिन २ एम्पुल, फेनारागन २ एम्पुल र डाइजेपाम २ एम्पुल सहित दुई जनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका-९ बस्ने २३ वर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका-२ बस्ने २६ वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागु औषध फेला पारेको थियो । पक्राउ परेका उनीहरु माथी थप अनुसन्धान गर्ने क्रममा गैंडाकोट नगरपालिका-२ मौलाकालिका गेट नजिक बिजुलीको पोलको साइडमा थप लागु औषध नुर्फिन ६६ एम्पुल लुकाएको बताएपछि पुनः खटिएको प्रहरीले उक्त ६६ एम्पुल नुर्फिन समेत फेला पारी बरामद गरेको थियो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ