काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ६६ हजार ८७३ जना संक्रमित भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ३९ हजार ९६ पुगेको हो ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २४ लाख ६८ हजार ६८८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख १० हजार ७६३ जनाको उपचार भइरहेको छ ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५९ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०६६ जनाको मृत्यु भएपछि भारतमा बुधबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५९ हजार ६४५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते