पोखरा -१४ का एक बृद्ध सहित गण्डकीका थप १० जनामा कोरोना पुष्टि

पोखरा -१४ का एक बृद्ध सहित गण्डकीका थप १० जनामा कोरोना पुष्टि

gandaki-pradesh

पोखरा –  गण्डकीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको बुधबार बिहानको पहिलो र दोस्रो विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्लाका १० जनामा कोरोना पुष्टि भएको हो । संक्रमितहरु कास्की, लमजुङ र नवलपुरका छन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं -१४ वस्ने ५८ वर्षीय बृद्धमा कोरोना पुष्टि भएको छ ।

यता क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा लमजुङको बेसीशहर नगरपालिका वडा नं -३ स्थित नेपाल आर्मीमा कार्यरत ३९, ३९ र ३८ वर्षका तीनजना पुरुषको नमुना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै नवलपुरको कावासोती नगरपालिका वडा नं -८ का ४७ वर्षीय पुरुष, वडा नं -१४ की ४९ वर्षीय महिला र वडा नं -१६ का दुई ३३ र २८ वर्षका पुरुषको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । भने, गैंडाकोट नगरपालिका वडा नं – १३ का ३० र २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले जानकारी दिए । संक्रमित मध्ये नवलपुर गैंडाकोटका दुई जना भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा नुमना स्वाब दिएका मध्ये हुन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लगिसकिएको छ  ।

गण्डकीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १९४६ पुगेको छ । यसैगरी संक्रमणबाट मुक्त हुनेको संख्या १६४३ अर्थात् ८४.४७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ