पोखरामा वेवारिसे अवस्थामा भेटिएको शव तनहुँकी महिलाको भएको पुष्टि

पोखरामा वेवारिसे अवस्थामा भेटिएको शव तनहुँकी महिलाको भएको पुष्टि

फोटो : खनाल कविको फेसबुकबाट

पोखरा – पोखराको लेखनाथ लामेआहालस्थित वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान भएको छ ।

सोमबार बिहान अन्दाजी ८:२८ बजेको समयमा पोखरा महानगरपालिका -३२ लामेआहालस्थित सडक छेउको प्रतिक्षालयमा वेवारिसे अवस्थामा फेला परेको शव तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -८ वस्ने अन्दाजी ५० वर्षीया सिता परियारको भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कपडाले बेरिएको अवस्थामा फेला परेको उक्त शवको मुख र नाकबाट रगत बगेको अवस्थामा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेकोमा इलाका प्रहरी कार्यालय डांडाकोनाक बाट खटिएको प्रहरीको टोलीले शवलाई पोष्ट मार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो ।

प्रहरीका अनुसार शवको पोष्टमार्टम रिपोर्ट आइनसकेको कारण महिलाको हत्या हो या अन्य कारण खुलिनसकेको छैन । यद्यपी घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds