पोखराको प्रतिक्षालयमा एक महिलाको शव फेला

पोखराको प्रतिक्षालयमा एक महिलाको शव फेला

फोटो : खनाल कविको फेसबुकबाट

पोखरा – पोखराको लामेआहालस्थित प्रतिक्षालयमा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।

पोखरा महानगरपालिका वडा नं -३२ मा पर्ने कास्की र तनहुँको सीमा थर्पु नजिकै पृथ्बी राजमार्गसंग जोडिएको प्रतिक्षालयमा अन्दाजी ४० वर्षको जस्तो देखिने एक महिला मृत अवस्थामा फेला परेको कास्कीका डिएसपी तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए  ।

“महिलाको नाक र मुखबाट रगत आइरहेको देखियो, उनको मृत्यु कसैको कुटपिटले हो या अन्य कारणले ? पोष्टमार्टम पछि मात्र भन्न सकिन्छ, शरीर बाहिर चोटपटक छैन, र महिला स्थानीय पनि नभएको कारण अहिले नै यही हो भन्न सकिन्न हमालले गण्डक न्युजसंग भने ।”

घटनाको जानकारी लगत्तै ईलाका प्रहरी कार्यालय डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले शवलाई पोष्टमार्टमका लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रवक्ता हमालको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ