काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जना कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १६६ सहित ८१८ जना कोरोना पुष्टि

Corona update 4

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८१८ संक्रमित थपिएको जानकारी दिएका छन् । जसमा २२० महिला र ५९८ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ