तनहुँको आँबुखैरेनी गाउँपालिकामा लम्बियो लकडाउन: आगामी भदौ १४ गतेसम्म जारी रहने

तनहुँको आँबुखैरेनी गाउँपालिकामा लम्बियो लकडाउन: आगामी भदौ १४ गतेसम्म जारी रहने

Aabukhaireni RM Tanahun Gate

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा लकडाउन एक हप्ताको लागि थपिएको छ ।

लकडाउन आगामी भदौं १४ गतेसम्म जारी रहनेगरी लम्ब्याइएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

जिल्लका अन्य पालिकामा समुदायमा कोरोनाको संक्रमण रहेकाले गाउँपालिकालाई सुरक्षित राख्न लकडाउन थप गरिएको हो ।

गाउँपालिकाले ८ गते सोमबारदेखि लागु हुने गरि ७ दिन थप गरी भदौं १४ गते सम्म लकडाउन लम्बाईएको जनाएको छ ।

यसअघि भदौ १ गते देखि ७ दिनका लागि लकडाउन गरेको थियो ।

बैंकका आन्तरिक काम भने गर्न नपाइने सुचिमा राखिएको छैन ।

यी हुन संचालन गर्न नपाईने ?

१) अत्यावश्यक बाहेकका नियमित सेवाहरु ।
२) बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु ।
३) सामाजिक संघसंस्थाले संचालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेकका अन्य कार्यहरु ।
४) उद्योग कलकारखाना अन्य व्यवसायहरु

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
जम्न थाले मनाङका नदी र ताल
पत्रकार आरजु विष्ट सल्यानी सम्मानित

ट्रेन्डिङ


This will close in 3 seconds