कास्कीको माछापुच्छ्रेमा पञ्चमी नुहाउने क्रममा खोलामा डुबेर गर्भवती महिलाको मृत्यु

कास्कीको माछापुच्छ्रेमा पञ्चमी नुहाउने क्रममा खोलामा डुबेर गर्भवती महिलाको मृत्यु

death body

पोखरा – कास्कीको माछापुछ्रे गाउँपालिका -९ नागी स्थित कस्सिम खोलामा डुबेर एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका निवासी सदाखर गौतमको श्रीमती वर्ष २४ कि दिपा गौतम रहेकी छन् ।कास्कीकोट माइती भएकी उनको साढे दुई वर्षकी छोरी समेत छन् ।

घटनाको पुष्टि गर्दै कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले खोलामा नुहाउने क्रममा कस्सिम खोलामा डुबेर बेपत्ता भएकी उनको तत्काल खोजीकार्य गरिएपनि घटना भएको झन्डै ४ घण्टापछि  अन्दाजी ५०० मिटर तल खोलाको किनारमा उत्तानो परेको अवस्थामा शव फेला परेको जानकारी दिएका छन् ।

स्थानीयले भने, श्रीपंचमी नुहाने क्रममा उनलाई खोलाले बगाएको बताएका छन् ।  उनी दुई जिउकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ