पोखरामा जारी निषेधाज्ञा ५ दिन थप्न सिफारिस

पोखरामा जारी निषेधाज्ञा ५ दिन थप्न सिफारिस

pokhara seal

पोखरा । भदौ २ गते मध्यरातिदेखि जारी निषेधाज्ञालाई पुनः ५ दिन लम्ब्याउन पोखरा महानगरपालिकाले प्रशासन समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पोखरा महानगर कोरोना रोकथाम मूल समितिको बैठकले निषेधाज्ञालाई ५ दिन थप्ने निर्णय गरेको महानगरपालिका श्रोतले जनाएको छ ।

महानगरका उप उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बिहान बसेको बैठकले ५ दिनको बन्द प्रभावकारी भएको ठहर गर्दै कोरोना नियन्त्राणका लागि पुनः निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने ठहर गरेको हो । अब प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला समितिले यससम्बन्धमा निर्णय गर्नेछ ।

भदौ २ गते राति १२ बजेबाट ५ दिनका लागि जारी गरिएको निषेधाज्ञा आज ७ गते राति १२ बजेबाट सकिँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ