आज पुष्टि भएका दुई महिला सेवा अस्पतालमा मृत्यु भएकी महिलाको आफन्त कुरुवा

आज पुष्टि भएका दुई महिला सेवा अस्पतालमा मृत्यु भएकी महिलाको आफन्त कुरुवा

corona death

पोखरा – पोखरामा आज पुष्टि भएका दुई महिला संक्रमित गत भाद्र १ गते कास्कीको सेवा अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु भएकी महिलाको आफन्त रहेको खुलेको छ ।

आइतबार बिहान स्वास्थ्य निर्देशनालयको पहिलो विज्ञप्तिमा वडा नम्वर उल्लेख नभएको ३० र ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु सेवा अस्पतालमा मृतक महिलाको कुरुवाको रुपमा आएको निर्देशनालय स्रोतले जानकारी दिएको छ ।

भाद्र १ गते सेवा अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएकी तनहुँको ब्यास नगरपालिका -१ की  महिलाको मृत्यु भएको थियो । ‘कन्ट्याक्ट ट्रेसिङमा परेका उनीहरुले स्वाब दिने क्रममा तनहुँको ठेगाना टिपाएका कारण पोखरामा कहाँ बस्थे अहिले खोजी भैरहेको छ’ निर्देशनालय स्रोतले भन्यो

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds