पोखरामा शनिबार बिहान मात्र १६ जना कोरोना संक्रमित थपिए । बिहान १० बजेको पहिलो विवरण अनुसार ३ जना र एक घण्टापछि ११ बजेको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरामा १६ जना थपिएका हुन् ।
यसमध्ये प्रहरी, ग्यारेजमा काम गर्ने तथा बैंक र मालपोतका कर्मचारी भएको खुलेको छ । बाँकी १० जना भने संक्रमितका परिवार र उनीहरुका सम्पर्कमा आएका व्यक्ति हुन् । संक्रमित २ जना प्रहरी गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरामा कार्यरत हुन् । यसअघि पनि गत बिहीबार उक्त गणका १६ जनामा कोरोना पुष्टि भएको थियो ।
पोखरा ३० घर भएकी संक्रमित २७ वर्षीया युवती बैंक अफ काठमाडौं खैरेनीटार शाखाकी कर्मचारी हुन् । लेखनाथ घर भएका अर्का पुरुष मालपोत कर्मचारी रहेको खुलेको छ । यस्तै, बुद्ध विशाल बजारमा पसल गर्ने दम्पतीमा कोरोना देखिएकोमा परिवारको स्वाब परिक्षण गर्दा सञ्चालकका बृद्धा आमा र नाबालक छोरामा पनि कोरोना देखिएको छ ।
शुक्रबार पोखरा महानगरपालिका वडा नम्बर ९ मा ६ बर्षे बालक र ६१ बर्षे महिला संक्रमित भएकोमा उनीहरु उक्त मोवाइल पसलका सञ्चालक दम्पतीका परिवार हुन् । पोखरा महानगरपालिका – ८ मा शुक्रबार पुष्टि भएका ४ जना मध्ये ३ जना एकै परिवारका सदस्य रहेको पनि खुलेको छ ।
आज संक्रमण भएकामध्ये २ जना ग्यारेजमा काम गर्ने मिस्त्रीहरु रहेको खुलासा भएको छ । पोखरा १६ र ९ नम्बर वडामा रहेका दुई मोटरसाइकल वर्कशपमा काम गर्नेहरु हुन् । उनीहरु लकडाउन खुकुलो भएपछि भारतबाट आएका थिए ।
यस्तै, होम आइसोलेशन मापदण्डको पालना गर्न सक्नेहरु २७ जना होम आइसोलेशनमा बसेकोमा शुक्रबार नै ८ जना निको भएका छन् । अस्पताल नै जानु नपरी निको हुनेहरुमा पोखरा वडा नं १४ का तीन, वडा नं ९ का दुई तथा वडा नं ५, वडा नं १७ र वडा नं १९ का एक–एक जना रहेको महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
कास्कीमा हालसम्म २६९ जना कोरोना सङ्क्रमित भएकामा १६० जना निको भएका छन् । उपचार गराइरहेका बिरामी (सक्रिय केस) को संख्या १०७ रहेकामा पोखराका दुई जनाको कोरोनाबाट मृत्यु भएको छ ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
पोखराको सहिदचोकमा प्रहरीको पेट्रोल पम्प निर्माण रोक्न अन्तरिम आदेश
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते