काठमाडौं : पछिल्लो २४ घण्टामा कोभिड – १९ संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ९ जनाको संक्रमणका कारण निधन भएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या १ सय ४६ पुगेको छ।
संक्रमितको संख्या उच्च भएसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। शुक्रवार ११ जनाको निधन भएकोमा शनिवार ९ जनाको मृत्यु भएको हो। बिहीवार ६ जनाको मात्रै संक्रमणका कारण निधन भएको थियो।
सम्बन्धित खबर
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम