कोरोनाका कारण संसार बन्दी भैरहेका बेला उद्गमस्थल वुहानमा भने भव्य पार्टीको आयोजना

कोरोनाका कारण संसार बन्दी भैरहेका बेला उद्गमस्थल वुहानमा भने भव्य पार्टीको आयोजना

wuhan

एजेन्सी – विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) को उद्गम स्थल चीनको वुहान सहर हो । तर, आज कोरोना भाइरसको त्रास र संक्रमणले सम्पूर्ण विश्व आक्रान्त बनिरहेका बेला वुहान सहरमा भने एक भव्य कन्सर्ट पार्टीको आयोजना सम्पन्न भएको छ

सामाजिक संजालमा भाइरल भइरहेको उक्त आयोजनाका तस्विरलाई लिएर धेरैले आलोचना गरेका छन् ।  सम्पूर्ण विश्व कोरोनाको डरले सहर नै बन्द गर्ने र घरभित्रै थुनिने अवस्थामा पुगेका बेला वुहानमा भएको वाटर पार्क कन्सर्टले धेरैको ध्यान वुहान तर्फ तानिएको छ ।

तर, यस बिषयमा भइरहेको आलोचनाको प्रत्युत्तरमा चीनले दिएको जवाफ भने बडो गज्जवको छ । उसले भनेको छ, ‘अंगुर अमिलो छ भनेर चित्त बुझाउनुको विकल्प अरुसँग छैन । किनकी अन्य देशहरुले ठिक ढंगले कोरोना महामारीको व्यवस्थापन गर्न नजानेर समस्या जटिल बनेको हो ।’

अगष्ट १७ तारिखमा त्यहाँ भएको कन्सर्टको भिडियो र तस्बिरहरु सार्वजनिक भएको थियो । जसमा कुनै पनि सहभागीहरुले मास्क लगाएका थिएनन् । न त, सामाजिक दुरी नै कायम भएको थियो । त्यसैले तस्बिर र भिडियोहरु अहिले भाइरल बनिरहेका छन् ।

चीनले भने कोरोना पछिको आशाको वातावरण बनेको अर्थमा तस्बिरलाई सार्वजनिक गरेको बताएको छ । तर, अष्ट्रेलियाबाट प्रकाशित हुने डेल्ली टेलिग्राफले भने संसारले भाइरसको मूल्य तिर्नु परेका बेला वुहानले समुन्द्री किनारमा मोजमस्ती गरेको भन्दै आलोचना गरेको छ । जसलाई जवाफ दिने क्रममा चीनले विदेशीहरुको अंगुर अमिलो छ भन्ने कथनसँग जोडेको छ ।

चीनको सरकार नियन्त्रित सञ्चार माध्यम ग्लोबल टाइम्समा प्रकाशित एक लेखमा भनिएको छ, ‘यो वुहान सहरका बासिन्दाहरुको दृष्य हो । जहाँ मानिसहरु नाचिरहेका छन् । र, गर्मीको बेला वाटर पार्कको चिसो पानीका रमाइरहेका छन् । यो त्यहि सहर हो जुन ७६ दिनसम्म लकडाउनमा थियो ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ