नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

नवलपुरको मध्यविन्दु जिल्ला अस्पताल अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

nawalpur district hospital

कमला राना मगर / नवलपुरमा रहेको मध्यविन्दु जिल्ला अस्पतालकाे अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । यस अस्पतालमा उपचाररत एक जना बिरामी मा काेराेना  भाइरस   पाेजेटिभ   देखिएपछि   आज  ( शुक्रबार ) देखि भाद्र ८ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

संक्रमित बिरामीसंग सम्पर्कमा आएका स्वास्थ्यकर्मी, कर्मचारी सबैको पिसिआर परिक्षण गरि रिपोर्ट नआएसम्म का लागि सेवा बन्द गरिएको अस्पतालले एक प्रेस विज्ञप्ति जारि गरी जानकारी गराइ एको छ । त्यस्तै नवलपुरमा शुक्रबार एकैदिन २० जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

जसमा सबैभन्दा धेरै विनयि त्रिवेणि गाउँ पालिकामा १८ जना रहेका छन् भने कावासाेती नगरपालिका र गैडाकाेट नगरपालिकाका १/१ जना रहेका छन् । विनयि त्रिवेणी गाउँ पालिकामा शुक्रबार थपिएका संक्रमितमा स्वास्थ्यकर्मी समेत रहेको स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ