फेक अकाउन्टबाट ‘पाइलट हुँ’ भन्दै महिलालाई फ्रेन्ड रिक्वेष्ट, प्रलोभनमा पारेपछि गहना लुटपाट

फेक अकाउन्टबाट ‘पाइलट हुँ’ भन्दै महिलालाई फ्रेन्ड रिक्वेष्ट, प्रलोभनमा पारेपछि गहना लुटपाट

facebook photo

हेटौंडा – पाईलट हुँ भन्दै महिलाहरुलाई प्रलोभनमा पारी गहना लुटपाट गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने मकवानपुर नामटार-२ घर भएका रोहिनजंग शाह भन्ने २३ वर्षीय रबिन सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सुनुवारले विगत १ वर्ष अगाडिदेखि रोहिन जंग शाहको नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई आफुलाई ‘नेपाल एयरलाइन्सको पाइलट हुँ’ भनी प्रलोभनमा पारी महिलाहरुसँग रहेका सुनको गहना लुटपाट गर्ने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनकै कोठाबाट उनलाई पक्राउ गरेको हो ।

सुनुवारले महिलाहरुबाट करिब ११ तोला बराबरको सुनका गहनाहरु र २ थान मोबाइल समेत लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ