गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा – लागु औषधका फरार प्रतिवादीलाई कास्की प्रहरीले झन्डै ९ महिनापछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका -१९ पुरन्चौर घर भई हाल पोखरा -६ लेकसाइड बस्दै आएका २४ वर्षका आश्विन बाँस्तोला रहेका छन् ।
कास्की जिल्ला अदालतको फैसलाले मिति २०७६ साल कार्तिक २६ गते लागु औषध मुद्दामा बाँस्तोलालाई ८ महिना कैद र नगद रु बाइस हजार तोकेको थियो । तर, पुनः त्यसको एक महिनापछि जिल्ला अदालतको फैसलाले लागु औषध मुद्दामै २ वर्ष कैद र नगद रु एक लाख जरिवाना तोकेपछि बाँस्तोला फरार रहेका थिए । प्रहरीको फरार सुचीमा रहेका बाँस्तोलालाई प्रहरीले झन्डै ९ महिनापछि बुधबार लेकसाइडस्थित सेन्टर प्वाइन्ट होटलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका बाँस्तोलालाई प्रहरीले कास्की जिल्ला अदालतमा पेश गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते