पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ संक्रमितसहित नेपालमा थप ७०७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।
योसँगै कोरोना संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २६४ जना संक्रमित डिस्चार्ज भएका छन् । आजको थप अपडेटसँगै संक्रमणमुक्त भइ फर्किनेको संख्या १७ हजार ९६४ पुगेको छ ।
आज क्वारेन्टिनमा ११ हजार ७६८ जना रहेका छन् । ११ हजार ५५५ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८३२ जनाको पीसीआर परीक्षण भएको छ ।
संक्रमितमध्ये उपत्यकामा मात्रै २ सय जना रहेका छन् । काठमाडौंका १७४, भक्तपुरका ८ र ललितपुरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते