तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले चाडपर्वमा जमघट नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायम रहेकाले चाडपर्वमा जमघट, नाचगान लगायतका कार्य नगर्न प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले कुशे औंशी, हरितालिका, ऋषि पञ्चमी, तीज लगायतका नेपालीहरुका महान् चाडपर्वको सन्दर्भमा जमघट, नाचगान, सभा गर्दा कोभिड–१९ को सङ्क्रमण बढ्न सक्ने भएकाले आ–आफ्नो परिवारमा मात्र सीमित रही मनाउन अनुरोध गरेको प्रशासनले जनाएको छ ।
तनहुँ जिल्ला पनि यसबाट जोखिममा रहेकाले जमघट नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।
प्रशासनले उक्त अनुरोध पालना नगरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सडक दैनिक साढे चार घण्टा बन्द हुने
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
मोटरसाइकल दुर्घटनामा परी तनहुँका एक युवाको मृत्यु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते