पछिल्लो २४ घन्टामा नेपालमा थप ६८१ मा कोरोना भाइरस ९कोभिड—१९० सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ६८१ जनामा सङ्क्रमित फेला परेको जानकारी दिए । यसअघि मंगलबार एकै दिन एक हजार १६ जनामा सङ्क्रमण देखिएको थियो ।
आज देखिएका सङ्क्रमितसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २८ हजार ९३८ जना पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार सक्रिय सङ्क्रमित ११ हजार ११८ जना रहेका छन् ।
यसैगरी आज १२० जना सङ्क्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ७०० जना सङ्क्रमित निको भई घर फर्किसकेको उनले बताए । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ५७१ जना रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म १२० जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।
सम्बन्धित खबर
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते