पोखरा – गए राती पोखराको मालेपाटनमा बोलेरो जिपले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक प्रहरीको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् ।
निषेधाज्ञाको पूर्व संध्यामा वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (QRT) को ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई ग २ च २६२६ नम्वरको बोलेरो जिपले राती अन्दाजी १:०५ बजेको समयमा पछाडिबाट ठक्कर दिंदा प्रहरी जवान चन्द्र बहादुर बगालेको मृत्यु भएको कास्कीका प्रहारी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका बगालेलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि उपचारकै क्रममा १ :५० बजे मृत्यु भएको हो , बगालेको घर पाल्पा हो ।
घटनामा घाइते मोटरसाइकलको पछाडी सवार बर्दिया घर भएका प्रहरी हवल्दार डम्बर बहादुर थारुको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने जिपलाई नियन्त्रणमा लिइएको हमालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ