नेपालमा अहिले सम्मकै धेरै १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा अहिले सम्मकै धेरै १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

Corona update 1

काठमाडौं । नेपालमा अहिले सम्मकै धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन ।

बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार २५७ पुगेको छ ।

बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ