कास्की – आफ्नै नवजात शिशुको हत्या आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नगरपालिका वडा नं -६ घर भइ हाल कास्कीको रुपा गाउँपालिका -४ खाल्टे बस्ने बर्ष ३३ की रिता मल्ल सिंह रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार गत साउन २७ गते दिउँसो अन्दाजी १:४५ बजेको समयमा रुपा गाउँपालिका वडा नं -३ टाकान्जा भन्ने स्थानमा भर्खरै जन्मिएको शिशुको शव भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचना लगत्तै जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय हंशपुर सहित डांडाकोनाकबाट समेत खटिएको अनुसन्धानको टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान कार्य अगाडी बढाएकोमा साउन ३२ गते (आइतबार) रिता मल्ल सिंहलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी मल्लमाथि ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्धा शिर्षकमा आजै कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको हमालले जानकारी दिए ।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
बागलुङमा ५६ हजार ‘मेट्रिकटन’ आलु उत्पादन
अर्जुन कुमालको कप्तानीमा गण्डकी क्रिकेट टोली घोषणा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते