राष्ट्रिय परीक्षा बोर्डले ०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशित गर्ने गरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई बैठक बोलाउने तयारी गरिरहेको छ ।
अन्तिम तयारी गरिरहेका छौ, मंगलबारभित्र गरिसक्नेछौं–स्रोतले भन्यो । बोर्डले परीक्षाफल प्रकाशित गर्नु अघि सहमतिको लागि सिसिएमसी मार्फत मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । मन्त्री परिषदको बैठकले सावधानी अपनाएर परीक्षाफल प्रकाशित गर्न सहमति दिएपछि परीक्षाफल प्रकाशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालय ९एसईई० ले परीक्षाफल तयार गरी बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेल र सदस्य सचिव दुर्गा अर्याललाई जानकारी गराएको थियो । बोर्डका अध्यक्ष पौडेलले तयारी अवस्थामा रहेकोले कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने बताए । उच्चस्रोतका अनुसार मंगलबारभित्र परीक्षाफल प्रकाशित भैसक्नेछ ।
सरकारले यस वर्षको एसईई विद्यालयले तीनपटक सञ्चालन गरेको परीक्षाको अन्तिम मुल्याङ्कन गरी त्यसको आधारमा अंक दिने र त्यसलाई ईकाईले प्रमाणित गरी पनिकामा पठाउने व्यवस्था गरेको थियो ।
सम्बन्धित खबर
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक [हेर्नुहोस्]
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
कक्षा १२ को परीक्षा नरोकिने, निजामती कर्मचारी खटाएर भएपनि सञ्चालन गर्ने
कक्षा १२ को परीक्षाबारे भोलि मंगलबार निर्णय हुने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन