पोखरा – आइतबार पोखरामा कोरोना पुष्टी भएका २२ जना संक्रमित मध्ये अधिकांश संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु छन् ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाका एक कर्मचारीका अनुसार आइतबार कोरोना पुष्टी भएका २२ जना मध्ये ३ जना महानगरकै क्वारेन्टाइनमा बसेका, १ जना बिदेशबाट आएर घरमै सेल्फ क्वारेन्टाइनमा बसेका बाहेक अन्य सबै कन्ट्याक्ट ट्रेसिङमा परी नमुना स्वाब दिएर बसेकाहरु रहेको ती कर्मचारीले बताए ।
कर्मचारीका अनुसार आइतबार कोरोना पुष्टी हुनेमा दुई जना बैंकका स्टाफ छन् ।
केही दिन अगाडि पनि सिद्धार्थ बैंकको लेकसाइड शाखाका एक कर्मचारी, राष्ट्रिय बाणिज्य बैंकको तालचोक शाखाका एक कर्मचारी र पोखराकै एक वित्तीय संस्थामा नगद संकलन गर्ने एक महिलामा कोरोना पुष्टी भएको थियो । मानिसको धेरै भीडभाड हुने भएकाले बैंक तथा वित्तीय संस्था कोरोनाको सम्भावित बढी जोखिमका क्षेत्र मानिन्छ।
ट्राभल हिस्ट्री नभएका तर संक्रमित बनेका केही केसहरुले पोखरामा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ