पोखरा महानगरका तीन महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टी

पोखरा महानगरका तीन महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टी

Pokhara Newroad

पोखरा – गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १७०१ पुगेको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा सहित तनहुँको भानु नगरपालिकामा थप ६ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं – १६ मा २२ र ३० बर्षका दुई पुरुष र २२ र ५० बर्षका दुई महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । यस्तै, पोखरा -५ मा पनि ३३ बर्षीया एक महिलामा कोरोना पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

उता तनहुँको भानु नगरपालिकाका वडा -४ निवासी ३० बर्षीय पुरुषको पनि नमुना संकलन परीक्षण गर्दा पोजेटिभ देखिएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ