पोखरा – कास्कीका तीन सहित गण्डकीमा थप १० नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ६ जिल्लाका १० जनामा कोरोना संक्रमणको पुष्टी भएको निर्देशनालयका प्रमुख डा .विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की पोखरा महानगरपालिका वडा नं ५ र ८ का ३९ र ३५ बर्षका पुरुषका साथै वडा नं -८ कै १५ बर्षीया युवती रहेकी छन् ।
यस्तै तनहुँको भानु नगरपालिका -२ र ४ वडाका ३० र ६१ बर्षका पुरुष, बाग्लुङ नगरपालिका -३ का ५४ बर्षीय पुरुष र बडिगाड गाउँपालिका -६ का ३८ बर्षीय पुरुष, गोरखा जिल्ला गोरखा नगरपालिकाका ४७ बर्षीया महिला, स्याङ्गजा पुतलीबजार नगरपालिका -१ का ३० बर्षीय पुरुष र नवलपुर मध्यविन्दु नगरपालिका -८ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको कुल संख्या १६९२ पुगेको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते