ज्यान मार्ने उद्योगमा फरार गोरखा पालुङटारका सुरेश पोखराबाट पक्राउ

ज्यान मार्ने उद्योगमा फरार गोरखा पालुङटारका सुरेश पोखराबाट पक्राउ

Jail

पोखरा । गोरखाकी फूलमाया बानियाँलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा सजाय सुनाइएका युवक साढे ४ वर्षपछि पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद फैसला भई फरार रहेका गोरखा पालुङटार – ६ घर भई हाल पोखरा – ९ बस्ने बर्ष २५ को सुरेश नेपालीलाई कास्की प्रहरीले साढे ४ वर्षपछि पक्राउ गरेको हो ।

नेपालीलाई गोरखाकी फूलमाया बानियाँलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको अभियोगमा गोरखा जिल्ला अदालतले २०७२ साल मंसिर १० गते ५ बर्ष कैद कैद फैसला सुनाएको थियो । फैसलामा चित्त नबुझेपछि नेपालीले उच्च अदालत पोखरामा पुनराबेदन गरेका थिए र सोहि फैसालालाई उच्च अदालत पोखराले समेत २०७३ साल पुष ३ गते सदर गरेको थियो ।

फरार नेपालीलाई बिहीबार पक्राउ गरी कास्की जिल्ला अदालत समक्ष पेश गरेर कैद भुक्तानको लागि कारागारमा पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ