आठ दिनको जेल सजायबाट भागेका तनहुँका सञ्जय ८ वर्ष पछि पक्राउ

आठ दिनको जेल सजायबाट भागेका तनहुँका सञ्जय ८ वर्ष पछि पक्राउ

jailed

तनहुँ । आठ दिन कैद सजायबाट भागेका तनहुँ व्यास नगरपालिका १ भादगाउँ विज्ञानचौर बस्ने २५ वर्षीय सञ्जय घर्तीलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ ।

लागुऔषध मुद्दाका फरार उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको हो । जिल्ला अदालतले वि.सं २०६९ जेठ १६ मा गरेको फैसला अनुसार आठ दिन कैद र चार हजार जरिवाना तिर्न बाँकी रही फरार थिए ।

कैद र जरिवाना तिर्न बाँकी रहेका निज घर्तीको खोजतलास गर्ने क्रममा सम्बन्धित घर बतनमा नै लुकीछिपी बस्दै गरेको अवस्थामा फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् । अदालतसमक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार कार्यालय पठाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ