स्पानिस क्लब एट्लेटिको मड्रिडलाई स्तब्ध बनाउँदै जर्मन क्लब आरबी लाइपजिग पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । टेलर एडम्सले खेल सकिन दुई मिनेटअघि निर्णायक गोल गरेपछि लाइपजिगले एट्लेटिकोलाई २-१ ले पराजित गरेको हो ।
लाइपजिगले अब फाइनल प्रवेशका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ ।
पोर्चुगलको लिस्वनमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर ५०औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ७१औं मिनेटमा जाओ फेलिक्सले पेनाल्टीमार्फत एट्लेटिकोका लागि बराबरी गोल फर्काए ।
८८औ मिनेटमा एडम्सले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए । लाइपजिग युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा पहिलो पटक अन्तिम चारमा पुगेको हो । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने लाइपजिग ३२औं क्लब बनेको छ ।
च्याम्पियन्स लिगको बाँकी क्वाटरफाइनलमा बायर्न म्युनिख र बार्सिलोना तथा म्यानचेष्टर सिटी र लियोनबीच खेल हुनेछ ।
सम्बन्धित खबर
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
पोखरा १५ मा स्वास्थ्य शिविर, २ सय बढी महिलाको स्वास्थ्य परीक्षण
सरकारी निकायहरूमा आधिकारिक भाषा प्रयोग, भाषिक पुनरुत्थान र भाषिक–सामाजिक न्याय विषयक गोष्ठी सम्पन्न
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : गुणस्तरीय र समयमै काम गर्नू
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते