गर्भवती महिलाले कति र के खानुपर्छ ?

गर्भवती महिलाले कति र के खानुपर्छ ?

pregnent

धेरैजसो महिलाहरूलाई गर्भवती हुँदा कति खानुपर्छ भन्ने थाहै छैन । बेलायतको नेसनल च्यारिटी पार्टनरसिपले गराएको एक सर्वेक्षणको परिणामले यसतर्फ इशारा गरेको छ ।

गर्भवती महिलामध्ये जम्मा एक तिहाइलाई मात्र यस प्रश्नको सही जवाफ थाहा भएको सर्वेक्षणको नतिजाले देखायो । बेलायतमा मानिसहरूको स्वास्थ्यमाथि निगरानी गर्ने नाइस नामक संस्थाको सल्लाहअनुसार गर्भावस्थाको पहिलो ७ महिनामा अतिरिक्त क्यालोरी आवश्यक हुँदैन ।

तर गर्भावस्थाको अन्तिम तीन महिनामा महिलाहरूले हरेक दिन २०० क्यालोरी अतिरिक्त लिनुपर्छ । यति क्यालोरी जैतूनको तेलमा तताइएको दुईवटा ब्रेडबाटै पाइन्छ ।

  • साधारणतया महिलाहरूले गर्भावस्थाका बेलामा दुईजनाका लागि भोजन गर्नुपर्ने आवश्यकता रहने अनुमान गरिन्छ स् आफ्नै लागि र पेटमा भएको बच्चाका लागि ।
  • तर रोयल कलेज अफ अब्स्टेट्रिसियनन्स एन्ड गायनोकोलोजिस्ट्ससँग मिलेर नेसनल च्यारिटी पार्टनरशिपले यो मिथकलाई झुटो साबित गर्ने प्रयास गरेको छ ।
  • गर्भवती महिलाले हरेक दिन सामान्यतया दुई हजार क्यालोरी आवश्यक हुन्छ । यसमा ठोस र तरल दुवै पदार्थ पर्छन् ।
  • चिकित्सकहरूका अनुसार खाना सन्तुलित हुनुपर्छ जसमा फल र तरकारीहरू, कार्बोहाइड्रेट (पास्ता र आलु), प्रोटीन (दाल, माछामासु, दुग्ध पदार्थ) र बोसो समावेश हुनुपर्छ ।
  • रोयल कलेजका प्राध्यापक जेनिस राइमरका अनुसार गर्भवती अवस्थामा धेर खाँदा महिलाहरूलाई नोक्सानी हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ