काठमाडौं । सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ ।
मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उनले बताए ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।
अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।
अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।
खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।
पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।
सम्बन्धित खबर
बाढीपीडितलाई चिन्ता : जाडो सुरू भयो, अब कहाँ बस्ने ?
ओली सरकारको १०० दिनका उपलब्धि: सहकारी ठगीमा संलग्नमाथि कारबाहीदेखि कन्सर्टसम्म (पूर्णपाठ)
भिड जम्मा पारेर अदालतलाई प्रभावित पार्ने चेष्टा नगर्न रास्वपालाई ७ दलको आग्रह
कांग्रेस-एमाले मिलेर बनेको सरकार ढाल्ने सपना नदेखे हुन्छ : प्रधानमन्त्री ओली
रास्वपाले न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्योः कांग्रेस
संघीय अस्पतालमा रेडियोलोजी रिपोर्ट डिजिटल गर्ने
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते