जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन साउने झरी जारी रहने जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ रहेकाले अबको वर्षा नेपालको पश्चिममै बढी हुने महाशाखाले जनाएको छ । लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएको छ ।
महाशाखाका अनुसार अझै केही दिन देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुनेछ । मनसुनी वायु सक्रिय रहेकाले वर्षाको अवधि बढेको छ ।
देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औँल्याइएको छ । बुधबार, बिहीबार र शुक्रबारसम्म बदली र वर्षा हुने औँल्याइएको छ । आउँदो २४ घण्टा देशभर विभिन्न स्थानमा हल्कादेखि ठूलो वर्षा हुने महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम