बलात्कार आरोपित सशस्त्रका एसएसपी अधिकारी पुर्पक्षका लागि थुनामा

बलात्कार आरोपित सशस्त्रका एसएसपी अधिकारी पुर्पक्षका लागि थुनामा

APF rajendra

पोखरा– बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका एसएसपी राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि मंगलबार थुनामा पठाइएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश दीपककुमार खरेलको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्धाको पूर्पक्ष गर्ने आदेश गरे बमोजिम उनी कास्की जिल्ला कारागार चलान भएका हुन ।

‘मिसिल संलग्न तत्काल बुझिएका प्रमाण र कागजबाट प्रतिवादी ९अधिकारी० निर्दोष रहेछन् भन्ने अवस्थाको विद्यमानता नभएको आदेशमा रहेको’ कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्ययाले बताए । पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम नै हुने हुँदा हाल प्रतिवादी राजेन्द्रकुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ ९१० बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ । ‘सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिइ जिल्ला कारागार पठाउनु’ आदेशमा छ ।

पोखराको लामापाटनमा रहेको सशस्त्र प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका प्रमुख अधिकारीमाथि एक महिलालाई आफ्नै क्वार्टरमा बोलाएर जबरजस्ती गरेको आरोप लागेको छ । महिलाको उजुरीका आधारमा कास्की प्रहरीले असार ३१ ९घटना भएकै दिन० मा अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरी गत बिहीबार जिल्ला न्यायाधिवक्ताको कार्यालय कास्कीमा पेश गरेको थियो ।आइतबार कास्की जिल्ला अदालतमा सोसम्बन्धी अभियोगपत्र पेस भएको थियो

सम्बन्धित समाचारः

महरा काण्डलाई सम्झाउने सशस्त्र एसएसपी काण्ड: मदिरा, सेक्स र मनी !

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ