रूकुम घटना – मृतकका परिवारलाई १०–१० लाख दिने

रूकुम घटना – मृतकका परिवारलाई १०–१० लाख दिने

Untitled

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रुकुम पश्चिममा भएको घटनामा मारिएकाहरुको परिवारलाई सरकारले जनहीमा १० लाखका दरले राहत दिने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

एक गैर दलित युवतिलाई बिहेका लागि लिन गएको दलित युवक र उसका साथीमाथि कुटपिट हुँदा ६ जनाको हत्या भएको थियो।

सो काण्डमा जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनार र भेरी नगरपालिका वडानम्बर ११ का गोविन्द शाहीको हत्या भएको थियो।

जाजरकोटका नवराज विक आफ्ना साथीहरुसहित रुकुमकी मल्ल थरकी युवतिलाई बेहका लागि लिन गएका थिए।

सो समूहमाथि रुकुममा कुटपिट भएको थियो। संसदीय छानविन समितिलेसमेत सो काण्ड जातीय र सामूहिक हत्या भएको निष्कर्ष निकालेको थियो। घटनामा संलग्न भएको आरोपमा २३ जना अभियुक्तहरु पूर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds