काठमाडौं । गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको अण्डकोषमा हानेर हत्या गरेको खुलेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिए। कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको ज्ञवालीले बताए ।
ज्ञवालीले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् । त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।
चिनजानपछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपी ज्ञवालीले भने,‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्। ‘शव फालेर उनी माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको देखिन्छ’ । प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो। ‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ,’ उनले भने
घटनास्थलबाट प्रहरीले दशीको रुपमा घारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पन्जा, घाँटी कँस्न प्रयोग भएको कालो सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, स्लिपिङ ट्याबलेटका खोल र मोबाइल सेट बरामद गरेको छ ।
कलाकार समेत रहेकी महिला र मृतकबीच आर्थिक कारोबारको विवाद रहेको बताइएको छ । सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो। जो जो कुकुर हो। उसले शवको टाउको खुट्टा फेला पारेको थियो।
सम्बन्धित खबर
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय
शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गले: प्रधानमन्त्री
सुदीप हत्याको विरोधमा स्वतन्त्र युवा र राप्रपाको ब्यानरमा पाकिस्तानी दूतावास अगाडि प्रदर्शन
गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- हिजो संँगै थियौँ, आज अलग भएपनि राजनीति हो भोलि जे पनि हुनसक्छ
प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २६औँ स्मृति दिवस
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध