पोखरा – पोखराका चार सहित गण्डकीमा थप ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन ।
स्वास्थ्य निर्देशनालयको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परिक्षणमा प्रदेशका तीन जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
संक्रमितहरु कास्की, बाग्लुङ र तनहुँ जिल्लाका छन ।
कास्कीको पोखरा महानगरपालिका वडा नं -५ र ३० का ११ बर्षीय वालक र ३० बर्षीय पुरुष तथा वडा नं -५ र १७ का ३८ र ४५ बर्षका महिलामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ।
यस्तै बाग्लुङ नगरपालिका वडा नं -४ र ३ निवासी २२ बर्षीया महिला र ३९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ । भने, तनहुंको बन्दीपुर गाउँपालिका वडा नं -६ र ३ का १९ र २९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १६३१ पुगेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ