पोखरा – कोरोना संक्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका वडा नं.१६ र १९ का वडाध्यक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।
वडा नं. १९ का वडाध्यक्ष शोभामोहन पौडेलले र १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसाय समेत बन्द गर्न आग्रह गरेका हुन् । आइसोलेसनमा रहेका व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुले वडा कार्यालयमा नाम टिपाउन समेत आग्रह गरिएको छ ।
पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज (आईतबार) मृत्यु भएपछि दुवै वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै सचेत गराएका हुन् । संक्रमण बढ्दै गएमा प्रशासनले शिल गर्न सक्नेतर्फ वडाध्यक्षद्धयले सचेत गराएका छन् ।
सम्बन्धित खबर
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
लाहाचोकको ज्ञानज्योति बोर्डिङले जित्यो उपाधि
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम