सुनको मूल्य लाख नाघ्यो, एकैदिन एक हाजर ६ सयले वृद्धि

सुनको मूल्य लाख नाघ्यो, एकैदिन एक हाजर ६ सयले वृद्धि

gold

कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज अप्रत्यासित रुपमा बढेको छ ।

मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० मा कारोवार भएको पहेंलो धातुमा आज रु एक हाजर ६०० ले वृद्धि भएको छ ।

  • बजार खुल्ने बित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार चारसय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख ९०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु ६५ ले बढेको छ । एकतोला सेतो धातुको मूल्य आज रु एक हजार २९५ निर्धारण भएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागूगरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ