जम्मु-कश्मीर समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा (भिडियो)

जम्मु-कश्मीर समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा (भिडियो)

pakistra

पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ।

पाकिस्तान सरकारको मन्त्रिपरिषद बैठकले आज उक्त नक्सालाई पारित गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ।

भारतले जम्मु-कश्मीरको स्वायत्तता खोसेर केन्द्र प्रशासित क्षेत्र बनाएको एक वर्ष पुग्नु अघिल्लो दिन जारी भएको पाकिस्तानी नक्सामा जम्मु-कश्मीरलाई पनि विवादित भू-भाग भनेर दाबी गरिएको छ। त्यस्तै गुजरातको जुनागढ पनि नक्सामा समावेश गरिएको छ।

कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधीनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ।

भारतले भने पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई तथाकथित र हास्यास्पद बताएको छ।

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले भनेको छ- पाकिस्तानी प्रधानमन्त्रीले जारी गरेको पाकिस्तानको तथाकथित राजनीतिक नक्सा हामीले देख्यौं। भारतको गुजरात जम्मु-कश्मीरमा आधारबिनाको दाबी गरिएको यो राजनीतिक मूर्खता हो। यस्तो हास्यास्पद दाबीको न कानुनी मान्यता छ न अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ